


काठमाडौं,२३ जेठ। ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको गाडी बेवारिसे अवस्थामा बरामद भएको छ।
गत जेठ २० गते मध्यराति पालिकाको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रयोग गर्ने सरकारी नम्बर प्लेटको बा २ झ १८७८ नम्बरको गाडी चोरी भएको थियो। गाडी चोरी भएको विषयमा प्रहरी कार्यालयमा जानकारी गराइएपछि खोजी गरिएको थियो ।

गाडी खोजीको क्रममा ललितपुर महानगरपालिका-२८ हरिसिद्दि स्थित रिद्दिसिद्दिमा बेवारिसे अवस्थामा बरामद भएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

