
रसुवा,२४ जेठ। प्रहरीले हुण्डी कारोबारको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका-३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु शाहका अनुसार स्याफ्रुवेशीबाट काठमाडौं जाँदै गरेको ना १ ज ४८०७ नम्बरको गाडी चेकजाँच गर्दा गुरुङले बोकेको झोलाबाट १९ लाख ५२ हजार एक सय रुपैयाँ बरामद भएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पक्राउ परेको गुरुङविरुद्ध हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा अदालतबाट ७ दिनको म्याद थप गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

