
दाङ,२५ जेठ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त ५ मन्त्रीले शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराए।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । एमालेका ४ र जसपाका १ जना मन्त्री नियुक्त भएका थिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

नयाँ नियुक्त मन्त्रीहरुमा तुलसी प्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहेका छन ।
चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, घिमिरेलाई स्वास्थ्य मन्त्रालय, खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।
एमालेले सरकारमा रहेका पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई जिम्मेवारी दिएको हो ।

