


काठमाडौं,२५ जेठ। प्रहरीले राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष तथा ग्रेटर नेपाल अभियानका अभियन्ता फणिन्द्र नेपाललाई पक्राउ गरेको छ।
चेक अनादरसम्बन्धी मुद्दामा जाहेरीको आधारमा नेपाललाई बूढानीलकण्ठ नगरपालिका १० कटारीबस्ती क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार, उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।
कमेन्ट गर्नुस्

