


काठमाडौं,२६ जेठ । सरकारले नेपाल रेडक्रस सोसाइटीको नयाँ केन्द्रीय तदर्थ समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को आजको बैठकले दोलखाका विशालकुमार भण्डारीको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार, नयाँ समितिलाई संस्थाको नेतृत्व तथा आवश्यक व्यवस्थापनको जिम्मेवारी दिइएको छ।
यसअघि तदर्थ समितिको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका विनोदकुमार शर्माले पदबाट राजीनामा दिएपछि नयाँ नेतृत्व चयन गरिएको हो।
कमेन्ट गर्नुस्

