
काठमाडौं,२६ जेठ। सरकारले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङमाथि गरिएको अध्ययन तथा छानबिनको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समितिद्वारा तयार पारिएको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

गुरुङ मन्त्री पदमा रहँदा विभिन्न विवादमा मुछिएपछि उनले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि घटनासम्बन्धी तथ्य र वास्तविकता पत्ता लगाउन सरकारले छानबिन समिति गठन गरेको थियो।
समितिले आफ्नो कार्य सम्पन्न गरी प्रतिवेदन सरकारलाई बुझाएपछि मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन औपचारिक रुपमा ग्रहण गर्ने निर्णय गरेको हो।

