Close Menu
    What's Hot

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते0
    प्रमुख समाचार

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:४० गते0
    प्रमुख समाचार

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते0
    फोकस लुम्बिनी

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » मर्चवारीमाईका उत्कृष्ट विद्यार्थीलाई पालिकाको सम्मान
    प्रमुख समाचार

    मर्चवारीमाईका उत्कृष्ट विद्यार्थीलाई पालिकाको सम्मान

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ जेष्ठ २७, बुधबार २३:३५ गते
    advertisement
    advertisement
    advertisement

    हृदयराम गुप्ता

    मर्चवार,२७ जेठ। रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा ल्याउनृ विद्यार्थीहरुलाई सम्मान गरेको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट उत्कृष्ट जीपीए प्राप्त गर्ने तीन विद्यार्थी तथा एक उत्कृष्ट छात्रालाई सम्मान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिश्चन्द्र बरईले जानकारी दिए।

    उनका अनुसार, गाउँपालिकाभित्रका एसईई परीक्षामा सहभागी ६ वटा सामुदायिक विद्यालयमध्ये जनता माध्यमिक विद्यालयका विद्यार्थी धिरेन्द्र बरईले ३.७८ जीपीए प्राप्त गरी प्रथम स्थान हासिल गरेका छन्। त्यस्तै अमवा माध्यमिक विद्यालयका विद्यार्थी अमरेश यादवले ३.७५ जीपीए प्राप्त गरी द्वितीय तथा जनता माध्यमिक विद्यालयकै विजयकुमार यादवले ३.७० जीपीए प्राप्त गरी तृतीय स्थान हासिल गरेका छन्।

    उत्कृष्ट नतिजा ल्याउने तीनै जना विद्यार्थीलाई प्रमाणपत्र तथा एक–एक थान साइकल प्रदान गरी सम्मान गरिएको हो। यसैगरी छात्रातर्फ अमवा माध्यमिक विद्यालयकी अंशु कुमारी कुर्मीले ३.६६ जीपीए प्राप्त गरी गाउँपालिकाभित्रका छात्राहरुमध्ये उत्कृष्ट नतिजा हासिल गरेकी थिइन्। उनलाई पनि सम्मान गरिएको थियो।

    सम्मान कार्यक्रममा उत्कृष्ट विद्यार्थीका अभिभावक तथा सम्बन्धित विद्यालयलाई समेत सम्मान गरिएको थियो। गाउँपालिकाले विद्यार्थीको मेहनत, अभिभावकको सहयोग र विद्यालयको योगदानको कदर गर्दै सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मर्चवारीमाई गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसार अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।

    उनले भने,‘एउटै विद्यालयमा एउटै शिक्षकबाट पढेका केही विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् भने केही विद्यार्थी अपेक्षित नतिजा ल्याउन सकेका छैनन् । यस विषयमा विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी सबैले आत्मसमीक्षा गर्न आवश्यक छ।’

    कार्यक्रममा गाउँपालिकाभित्र प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई मर्चवारीमाई गाउँपालिका–७ का समाजसेवी बिनोदकुमार बरईले व्यक्तिगत रुपमा जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरी सम्मान गरेका थिए।

    कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठी, वडा नं. २ का वडाध्यक्ष शशिदयाल चौधरी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    मर्चवार मर्चवारीमाई गाउँपालिका विद्यार्थी सम्मान
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.