
काठमाडौं,२८ जेठ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजार रुपैयाँसहित दुई जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा बङ्गलादेशका ३९ वर्षीय मोहम्मद इन्ताजअली र ५० वर्षीय महम्मद जाकिर हुसैन रहेको प्रहरीले जनाएको छ। पक्राउ गरेका अलीले नेपालमा ३८ पटक र हुसैनले ११ पटक आवतजावत गरेका छन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार, बिहीवार बाटिक एयरको उडानबाट मलेसिया जान लागेका उनीहरुको सुटकेश खानतलासी गर्दा फल्स बटम बनाएर लुकाएर राखिएको रकमसहित उनीहरुलाई पक्राउ गरिएको हो।
बरामद रकमसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।

