


काठमाडौं। नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको समर्थन बिक्री मूल्य पाँच दिनमै पुनः वृद्धि गरेको छ। शुक्रबारदेखि लागू हुने नयाँ मूल्यअनुसार सबै प्रकारका अन्डाको फार्म मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाइएको छ।
संघका सचिव मदन पोखरेलका अनुसार, उत्पादन लागत र बजार माग मध्यनजर गर्दै देशभरिका लागि चितवनलाई आधार मानेर नयाँ मूल्य तय भएको हो ।

संघका अनुसार, उत्पादन लागत वृद्धि र बजार मागलाई ध्यानमा राख्दै नयाँ मूल्य निर्धारण गरिएको हो। नयाँ दरअनुसार एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५७५ रुपैयाँ, ठूलो अन्डाको ५६० रुपैयाँ र मिडियम अन्डाको ५३० रुपैयाँ कायम गरिएको छ।
यद्यपि, फार्म मूल्य बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा तत्काल कुनै परिवर्तन नभएको संघले जनाएको छ। हाल उपभोक्ताले प्रतिगोटा २५ रुपैयाँमै अन्डा खरिद गर्न सक्ने संघले जनाएको छ।

