


रुकुम पूर्व,२९ जेठ। प्रहरीले अवैध हातहतियार खोजतलास अभियान अन्तर्गत विभिन्न स्थानमा लुकाएर राखिएका १५ थान भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एंव प्रहरी निरीक्षक लालबहादुर बिकका अनुसार,विभिन्न प्रहरी युनिटबाट खटिएका टोलीहरूले गस्ती गर्ने क्रममा जिल्लाका विभिन्न स्थानको जंगल, ओडार क्षेत्रमा लुकाएर राखिएका अवस्थामा भरुवा बन्दुक फेला पारेका हुन्।

बरामद भएका हतियारका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

