


भैरहवा,२९ जेठ। रुपन्देही प्रहरीले मर्चवार क्षेत्रमा कुटपिट घटनामा संलग्न आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दद्वारा जारी विज्ञप्तिका अनुसार, गत जेठ २३ गते मर्चवारी गाउँपालिका–१, सोनवर्षाको २८ वर्षीया लक्ष्मिना केवटलाई आफ्नै एकाघरका परिवारका सदस्यहरुले कुटपिट गरेको वारदातमा संग्लन ३ जनालाई नियन्त्रणमा लिइएको हो।

जेठ २८ गते पीडित पक्षले घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय मर्चवारमा जानकारी गराएपश्चात प्रारम्भिक अनुसन्धानको क्रममा वारदातमा संग्लन ३ जनालाई नियन्त्रणमा लिइएको जारी विज्ञप्तिमा उल्लेख छ। नियन्त्रणमा लिइएका ३ जना व्यक्तिको नामसहितको विवरण प्रहरीले सार्वजनिक गरेको छैन।
घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

