
भैरहवा,२९ जेठ। रुपन्देही प्रहरीले जिल्लाको तीन वटा स्थानीय तह (पालिका) को विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँचको क्रममा ३ लाख ७८ हजार ७५ रुपैयाँ बराबरको किराना सामग्री, कुखुरा, फुल, कपडाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरीका अनुसार, बुटवल उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र सिद्धार्थनगर नगरपालिकाको विभिन्न स्थानबाट उक्त सामग्रीहरु बरामद गरिएको हो।
नियन्त्रणमा लिइएका सामग्रीहरु आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय र भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरीले जनाएको छ।

