


पर्सा,३१ जेठ। प्रहरीले पर्सामा एक सय किलोग्राम गाँजा बरामद गरेको छ।
जिल्लाको जगरनाथपुर गाउँपालिका-३ मुरैया चोकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

खेतमा पाँचवटा बोरामा लुकाएर राखिएको गाँजा नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

