


काठमाडौं,३१ जेठ। वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार २० वाणिज्य बैंकमध्ये ७ बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने बाँकी १३ बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
ब्याजदर घटाउने बैंकहरुमा कुमारी बैंक, एनआईसी एशिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक तथा लक्ष्मी सनराइज बैंक रहेका छन्।

असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.२७ प्रतिशतमा झरेको छ। जेठ महिनामा उक्त दर ४.३४ प्रतिशत रहेको थियो।
यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर जेठमा ३.२० प्रतिशत रहेको असारमा ३.१८ प्रतिशत कायम भएको छ।


