
भैरहवा,४ असार। रुपन्देही जिल्लामा गएको जेठ महिनामा मात्रै १४ जनाले आत्महत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको जेठ महिनाको विवरण अनुसार, १८ वर्षमुनी देखि ४६-६० वर्ष उमेरसमूहका १४ जना व्यक्तिले आत्महत्या गरेका हुन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, १३ जनाले झुण्डी र एक जनाले विषादी सेवन गरी आत्महत्या गरेका हुन्। जसमध्ये ८ जना पुरुष र ६ जना महिला रहेका छन्
आत्महत्या गर्नेमा १८ वर्षमुनिको एक जना, १९ देखि २५ वर्ष उमेरसमूहका ४ जना, २६ देखि ३५ वर्ष उमेरसमूहका ३ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ४ जना र ४६ देखि ६० वर्ष उमेरसमूहका २ जना रहेको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
गत चैत महिनामा रुपन्देहीमा २० जना र बैशाख महिना २३ जनाले आत्महत्या गरेका थिए। विगत केही महिनाको तुलनामा जेठ महिनामा आत्महत्या घटनाको संख्यामा कमी देखिएको छ।

