


चितवन,७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार र सरकारी स्रोत–साधनको दुरुपयोगका विषयमा आफ्नो पार्टी कुनै पनि हालतमा सम्झौता नगर्ने बताएका छन्।
आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँच घण्टा होइन, पाँच वर्ष नै सल्लाह गरिने भनाइ छ।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारी दोहन र अनियमितताका घटनामाथि कडाइका साथ प्रश्न उठाइने स्पष्ट पारे।
‘सरकारी दोहन भएको छ भने निहुँ खोज्छौं। ‘निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ । हामी नियम भन्दा बाहिर जाँदैनौं,’उनले भने ।

