


भैरहवा,८ असार। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को सोमबार बसेको दोस्रो कार्यकारिणी समितिको बैठकले उद्योग वाणिज्य परिषद्को सभापतिमा कृष्णप्रसाद शर्मालाई मनोनीत गरेको छ।
महासंघका अध्यक्ष अन्जन श्रेष्ठले महासंघका जिल्ला-नगर क्षेत्रका उपाध्यक्षसमेत रहेका शर्मालाई उद्योग वाणिज्य परिषद्को सभापतिमा मनोनीत गरेका हुन्।

बैठकले सल्लाहकारसहित परिषद् र विभिन्न समितिका सभापति पनि मनोनीत गरेको छ।
महासंघका अध्यक्ष श्रेष्ठले महासंघको विधानको दफा ३७ बमोजिम कार्यकारिणी समिति सदस्यहरुलाई विभिन्न समितिका सभापति मनोनयन गरेका हुन्।
उनका अनुसार,मनोनीत सभापतिहरुबाट महासंघको छवि तथा प्रतिष्ठालाई अझै बढी सशक्त रुपमा अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

