
भैरहवा,असार। रुपन्देहीको रोहिणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ४३ लाख २ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
बुधबार १९ औं गाउँ सभामा प्रस्तुत बजेटले स्रोत व्यवस्थापनको लागि संघीय र प्रदेश सरकारबाट मात्रै विभिन्न शीर्षकमा ५१ करोड १५ लाख ८२ हजार रूपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यस्तै आन्तरिक स्रोतबाट २ करोड ३० लाख रुपैयाँ, अन्य स्रोतबाट नगद मौज्दात ३ करोड रुपैयाँ तथा जिल्ला समन्वय समितिबाट ७२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवका अनुसार, आर्थिक, सामाजिक विकास, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याइएको हो।

