


काठमाडौं,१२ असार। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पाँच जना पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक गरिएको छ।
सभापतिमा रवि लामिछाने र उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए। उपसभापति (महिला) मा सोविता गौतम निर्वाचित भएकी छिन्। गौतमले ७८९ मतका साथ निर्वाचित हुँदा प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।

त्यस्तै महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। उनले ६७३ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी मनिष झाले ३२४ मत प्राप्त गरे ।
सहमहामन्त्री खुलातर्फ असिम शाह र हरि ढकाल निर्वाचित भएका छन्। शाहले ४७१ र ढकालले ४१० मत प्राप्त गरे। महिला सहमहामन्त्रीमा निर्वाचित भएकी निशा डाँगीले ७३७ मत प्राप्त गरिन्।
कसले कति पाए मत ? हेर्नुहोस् सूची :



