


रुकुम पश्चिम,१२ असार। प्रहरीले सामाजिक सञ्जालमा एक व्यक्तिलाई प्रयाङ्क भनेर दुर्व्यवहार गरिएको भिडियो सार्वजनिक गरी साम्प्रदायिक घृणा तथा द्वेष फैलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–३ का २८ वर्षीय डिल्ली बहादुर ओली, सोही स्थानका ३१ वर्षीय राजन केसी र कपिलवस्तुको कृष्णनगर नगरपालिका–४, शिरसवा स्थायी घर भई हाल रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१, सल्लेमा पाउरोटी उद्योग सञ्चालन गर्दै आएका ३१ वर्षीय रघुबिर कोरी रहेको रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई शुक्रवार रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, माछिमीबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार, जिवन ओली नामक फेसबुक पेजमार्फत उक्त भिडियो सामग्री तयार गरी सामाजिक सञ्जालमा प्रसारण गरिएको थियो।
प्रहरीले उनीहरुमाथि सामाजिक सञ्जालमार्फत सम्प्रदायिक घृणा वा द्वेष फैलाउने तथा जातीय र सामुदायिक सद्भावमा असर पुर्याउने सामग्री उत्पादन र प्रसारण गरेको आरोपमा थप अनुसन्धान भइरहेको जनाएको छ।

