


सप्तरी,१२ असार। प्रहरीले दुई राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको बलान-बिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी टोलीले बलान-बिहुल गाउँपालिका–३ स्थित टिकुलिया–बेल्ही सडकखण्डमा बाँसको (टहरा) मचानमा बसेका उनीहरुको शरीर खानतलासीका क्रममा पासमानको साथबाट ‘आठ एमएम’ लेखिएको दुई राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जनाए।

दुवै जनालाई नियन्त्रणमा लिएर खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

