Close Menu
    What's Hot

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते0
    प्रमुख समाचार

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:४० गते0
    प्रमुख समाचार

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते0
    फोकस लुम्बिनी

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सम्मरीमाई गाउँपालिकाको बजेट ५९ करोड ५३ लाख
    अर्थ

    सम्मरीमाई गाउँपालिकाको बजेट ५९ करोड ५३ लाख

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ असार १३, शनिबार २२:०९ गते
    advertisement
    advertisement
    advertisement

    हृदयराम गुप्ता
    मर्चवार,असार। रुपन्देहीको सम्मरीमाई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड ५३ लाख ८१ हजार रुपैयाँको बजेट ल्याएको छ। गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष कुमारी प्रियंका साही सिंहले उक्त बजेट प्रस्तुत गरिन्।

    गाउँपालिका उपाध्यक्ष साहीका अनुसार, चालुतर्फ ३७ करोड ३७ लाख रुपैयाँ र पुँजीगततर्फ २२ करोड १६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    बजेटका लागि राजस्व परिचालनबाट १ करोड १ लाख ९० हजार, आर्थिक वर्ष २०८२/०८३ बाट बचत हुने अनुमानित ४ करोड ५० लाख, संघीय सरकारबाट राजस्व बाँडफाँड १० करोड ६० लाख ५७ हजार, प्रदेश सरकारबाट राजस्व बाँडफाँड १ करोड १ लाख ५२ हजार, नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान १५ करोड ६८ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड १३ लाख ३२ हजार, नेपाल सरकारबाट सशर्त, विशेष तथा समपूरक अनुदान २२ करोड ४० लाख, प्रदेश सरकारबाट सशर्त, विशेष तथा समपूरक अनुदान १ करोड ५६ लाख ५० हजार, तथा अन्य राजस्व र बिक्री–वितरणबाट १ करोड १ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

    कृषि, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तवले बताए।

    उनका अनुसार, स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्वास्थ्य संस्थाहरुलाई थप व्यवस्थित बनाइनेछ। साउन १ गतेदेखि वडा नं. ५ स्थित आँखा अस्पताललाई नयाँ भवनबाट सञ्चालन गरिने, वडा नं. ७ को स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु गरिने तथा वडा नं. २ मा १५ शैयाको अस्पतालको शिलान्यास गरिने योजना रहेको उनले जानकारी दिए। ।

    कृषकलाई समयमै, नियमित र समान रुपमा सेवा उपलब्ध गराउन किसान कार्ड लागू गरिने उनले बताए।

    पशु सेवा, सहकारी, वित्तीय क्षेत्र, सामाजिक विकास, साहित्य, कला, संस्कृति तथा पर्यटन, युवा तथा खेलकुद, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, न्यायिक समिति तथा मेलमिलाप, स्वास्थ्य, आयुर्वेद, वातावरण तथा विपद् व्यवस्थापन, खानेपानी तथा सरसफाइ, भौतिक विकास, सुशासन, सार्वजनिक सेवा तथा क्षमता विकास, रोजगार तथा गरिबी निवारण, लघु उद्यम, सुरक्षित आप्रवासन (सामी) कार्यक्रम, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणलगायत क्षेत्रका नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

    कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष शिवकुमार यादवले छाडा चौपायाको व्यवस्थापनका लागि गाउँपालिकाले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिए। छाडा चौपायाका कारण किसानले लगाएको बालीमा निरन्तर क्षति भइरहेको उल्लेख गर्दै उनले गाउँपालिकाले गौशाला निर्माण गरी समस्या समाधान गर्न आग्रह गरे।

    गाउँपालिका अध्यक्ष श्रीवास्तवको अध्यक्षतामा सम्पन्न उक्त सभालाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहले संचालन गरेका थिए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    सम्मरीमाई गाउँपालिका सम्मरीमाई गाउँपालिका बजेट
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    २०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.