


जनकपुर, १३ असार। प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धनुषाको मुखियापट्टि मुसहनियाँ गाउँपालिका–४ का २० वर्षीय अमन यादव र धनुषाकै हंसपुर नगरपालिका–६ सोनीगामा का १८ वर्षीय सुधिर मुखिया रहेका प्रहरीले जनाएको छ।
जनकपुर उपमहानगरपालिका ९ थापा चोकस्थित एक होटलबाट उनीहरुलाई पेस्तोल र पाँच राउन्ड गोलीसहित पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक मनोज यादवका अनुसार,चेकजाँचको क्रममा उनीहरुको साथबाट एक थान पेस्तोल, म्यागजिन एक थान र ९ एमएमका एक राउन्ड र ७.६५ एमएमकेएफका चार राउन्ड गरी पाँच राउन्ड गोली बरामद भएको हो ।
दुवै जनालाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

