

प्युठान,१३ असार। प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ झ ०००८ नम्बरको बोलेरो पिकअप जिप स्वर्गद्वारी नगरपालिका वडा नं २ बाङ्गेसल्लामा दुर्घटना हुँदा ५० वर्षीय राना मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार, शनिबार साँझ उपप्रमुख राना आफैँले चलाएको जिप सडकदेखि करिब ५ सय मिटर तल खसेको थियो। दुर्घटनामा उनको घटनास्थलमै निधन भएको हो।
कमेन्ट गर्नुस्



