


भैरहवा,१४ असार। रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको करिब २४ लाख मूल्य बराबरको सेलफोन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दद्वारा जारी विज्ञप्तीका अनुसार, इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले ओमसतिया गाउँपालिका-४ बालापुरमा लु ५३ प ३३९८ नम्बरको स्कुटर चेकजाँचको क्रममा २३ लाख ९० हजार मूल्य बराबरको ३८ थान सेलफोन बरामद गरेको हो। बरामद सबै सेलफोन एप्पल कम्पनीका विभिन्न मोडेलका आइफोन हुन्।

बरामद सेलफोन र स्कुटर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।

