


काठमाडौं,१४ असार। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पेट्रोललगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरुको मूल्य पनि घटने बताएका हुन्।

उनले अन्तर्राष्ट्रिय बजारमा उक्त बस्तुको मूल्य घटेको भएपनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर पनि गरे। केही समय लागेपनि पेट्रोलियम पदार्थको मूल्य अब घटनेवाला अवस्थामा रहेको उनको भनाई थियो।
आफू अर्थमन्त्री भए पश्चात इन्धनको मूल्य घटाउनका लागि पहल गरिरहेको उनले दाबी गरे ।

