


भैरहवा,असार। औषधि व्यवस्था विभागले रुपन्देहीको ग्रेस फार्मास्युटिकल्स प्रालिद्वारा उत्पादित लिनारेस एम ८५० ट्याब्लेट औषधि गुणस्तरहीन पाएपछि तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
बजार अनुगमनका क्रममा संकलन गरिएको नमुनाको प्रयोगशालामा परीक्षण गर्दा उत्पादन निर्धारण गुणस्तर मापदण्डअनुसार नरहेको विभागले जनाएको छ।

विभागका अनुसार, राष्ट्रिय औषधि प्रयोगशालाबाट गरिएको परीक्षणमा ब्याच नम्बर टीएलएमएस-००६ को लिनारेस एम ८५० ट्याब्लेट न्यून गुणस्तर भएको पाइएको छ।
औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त ब्याच नम्बरको औषधिको बिक्री–वितरण तत्काल रोक्का गरी बजारबाट फिर्ता गर्न विभागले निर्देशन समेत दिएको छ।
साथै सम्बन्धित उद्योग तथा त्यसका प्रतिनिधिलाई बजारबाट फिर्ता गरिएको औषधिको विवरण विभागमा पेश गर्न विभागद्वारा जारी सूचनामा उल्लेख छ।
हेर्नुहोस् सूचना:


