
दाङ,१४ असार। लुम्बिनी प्रदेशमा वृक्षारोपण अभियान सुरु गरिएको छ। वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा अभियान सुरु गरिएको हो।
प्रदेशभर २५ लाख बिरुवा उत्पादन गरिएको र सरकारी, निजी तथा सार्वजनिक स्थानको ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढवा गाउँपालिका २ महदेवास्थित महदेवा सामुदायिक वनमा बिरुवा रोपेर अभियानको शुभारम्भ गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बिरुवा रोप्नु मात्रै पर्याप्त नभई त्यसको संरक्षण सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए। उनले हरेक वर्ष लाखौं बिरुवा रोपिए पनि संरक्षणको अभावका कारण अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै संरक्षण अभियानमा सबै नागरिकको साझा जिम्मेवारी रहेको बताए।
‘तपाई हामीले रोपेका बिरुवा अर्को वर्ष हुर्किएको देख्न पाउनुपर्छ’उनले भने,‘वन, वातावरण र जैविक विविधताको संरक्षणले नै मानव जीवन सुरक्षित हुन्छ।अहिले वातावरणीय चुनौती बढिरहेका बेला प्रकृतिको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो।’
मुख्यमन्त्री आचार्यले वन संरक्षणसँगै आयआर्जनको माध्यम पनि बनेको उल्लेख गर्दै जडीबुटी, काठ तथा दाउराको सदुपयोगबाट स्थानीय समुदाय आत्मनिर्भर बन्दै गएको बताए।

