


भैरहवा, १५ असार। लुम्बिनी प्रदेशमा धान खेतीयोग्य ३ लाख १ हजार ३७२ हेक्टर क्षेत्रफलमध्ये ६२ हजार ६७०.५७ हेक्टरमा धान रोपाइँ भएको छ। यो कुल क्षेत्रफलको २०.५ प्रतिशत हो।
प्रदेश कृषि मन्त्रालयका अनुसार, पर्याप्त वर्षा नहुँदा अधिकांश जिल्लामा रोपाइँ प्रभावित भएको छ। सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसान आकाशे पानीको भरमा रहेकाले यस वर्ष मध्य असारसम्म पनि रोपाइँ सुस्त बनेको मन्त्रालयले जनाएको छ।

प्रदेश कृषि मन्त्रालयका बागबानी अधिकृत सन्देश धितालका अनुसार असार १४ गतेदेखि वर्षा सुरु भएकाले अब रोपाइँको गति बढ्ने अपेक्षा गरिएको छ।

