


भैरहवा,१६ असार। रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको साढे २० लाख मूल्य बराबरको आइफोन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार, कोटहीमाई गाउँपालिका–५ स्थित बेनिनगरमा युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा विभिन्न मोडेलका ३५ थान आइफोन बरामद भएको हो।

बरामद फोन र प्रयोग भएको मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । यस अघि प्रहरीले ओमसतिया गाउँपालिका ४ बालापुरबाट २३ लाख ९० हजार मूल्य बराबरको विभिन्न मोडेल ३८ थान आइफोन बरामद गरेको थियो ।

