
भैरहवा, असार। भैरहवास्थित काशी नोबल एकेडेमीमा ‘क्वालिटी टिचिङ इन्सपेक्सन’ सम्बन्धी कार्यशाला कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षता तथा सह–प्राचार्य श्री रायमाझीको सञ्चालनमा आयोजित कार्यक्रममा विद्यालयका ५५ जना शिक्षकहरुको सहभागिता रहेको थियो। कार्यक्रममा आइएसओ नेपालका प्रतिनिधि सुदीप शर्मा र आकाश यादवले सहजीकरण गरेका थिए।
Advertisement
Advertisement

Advertisement
Advertisement

Advertisement
Advertisement

कार्यशालामा सहभागी शिक्षकहरुलाई पाँच समूहमा विभाजन गरी अन्तरक्रियात्मक छलफल गराइएको थियो। छलफलका क्रममा आत्मअनुशासन, संस्थागत अनुशासन, गुणस्तरीय शिक्षण–सिकाइ तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न कक्षाकोठामा आवश्यक पर्ने सामग्री र अभ्यासका विषयमा विस्तृत रुपमा विचार–विमर्श गरिएको थियो।
कार्यक्रममा बोल्दै प्राचार्य राजेन्द्र घिमिरेले विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता ‘आइएसओ’ प्रमाणपत्र प्राप्त गरेपछि त्यसअनुरुप आवश्यक मापदण्ड कायम राख्न यस्ता तालिम तथा कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार विद्यालयले यसअघि पनि गत चैत २३ गते यस्तै प्रकृतिको तालिम सञ्चालन गरेको थियो।

विद्यालयले आगामी दिनमा पनि शिक्षकहरुको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

