Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ पालिकाका परियोजना स्वीकृत
    फोकस लुम्बिनी

    लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ पालिकाका परियोजना स्वीकृत

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ असार ३१, बुधबार १४:१० गते
    advertisement
    advertisement
    advertisement

    दाङ,३१ असार। लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि आठ स्थानीय तहका परियोजना स्वीकृत भएका छन्।

    आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना २५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश निर्देशक समितिको बैठकले प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम दस्तावेज तथा नवप्रवर्तन साझेदारी परियोजना सञ्चालन कार्यविधि, २०८२ बमोजिम उक्त निर्णय गरेको हो।

    बैठकले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमको वार्षिक प्रगतिको समीक्षा गर्दै आगामी वर्षका लागि पूर्ण प्रस्ताव पेस गरेका स्थानीय तहका परियोजनामध्ये मूल्याङ्कनका आधारमा उत्कृष्ट आठ परियोजना स्वीकृत गरेको छ।

    स्वीकृत परियोजनामा रोल्पाको सुनछहरी गाउँपालिकाको जुनेलीमा किसान व्यवसायिक कृषि परियोजना, गुल्मीको सत्यवती गाउँपालिकाको सूचना प्रविधि तथा उद्यमशील विद्यालय विकास कार्यक्रम, गुल्मीकै मुसिकोट नगरपालिकाको प्रत्येक वडाको पहिचान एउटा उद्योग,पाल्पाको रम्भा गाउँपालिकाको सूचना प्रविधिमैत्री शिक्षा, रोल्पाको थवाङ गाउँपालिकाको पर्यटन प्रवद्र्धन कार्यक्रम, अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको स्मार्ट शिक्षा परियोजना, नवलपरासीको सुस्ता गाउँपालिकाको प्रविधिमैत्री डिजिटल शिक्षा तथा बर्दियाको गेरुवा गाउँपालिकाको डिजिटल प्रविधिमा आधारित स्थानीय सेवा रहेका छन्।

    प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ मा नवप्रवर्तन साझेदारी परियोजनाका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सोही बजेटबाट स्वीकृत आठवटै स्थानीय तहलाई प्रतियोजना २५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराइने निर्णय गरिएको छ।

    कार्यविधिअनुसार स्थानीय तहले व्यहोर्नुपर्ने न्यूनतम लागत सहभागिता भने यथावत रहनेछ। बैठकले प्रदेश छनौट तथा सिफारिस समितिले पेस गरेको ढाँचाअनुसार कार्यान्वयनयोग्य क्रियाकलाप समावेश गरी सम्बन्धित स्थानीय तहसँग सम्झौता गर्न प्रदेश कार्यक्रम सहयोग इकाईलाई निर्देशन दिएको छ।

    बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले निर्धारित कार्यक्रम समयमै प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए। उनले नवप्रवर्तन, सूचना प्रविधि, उद्यमशीलता र सेवा प्रवाह सुधारसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै यस्ता परियोजनाले संघीय शासन प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

    मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै नागरिकलाई प्रविधिमैत्री, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन यस्ता नवप्रवर्तनमुखी कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने बताए । उनले स्वीकृत परियोजनाहरु नतिजामुखी ढंगले कार्यान्वयन गर्न सम्बन्धित सबै निकायलाई जिम्मेवार भएर काम गर्न आग्रह गरेका हुन।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    लुम्बिनी प्रदेश स्थानीय शासन सवलीकरण कार्यक्रम
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    २०८३ कार्तिक ११, मंगलवार १७:०२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.