

दाङ,१३ साउन । दाङ जिल्लामा नयाँ प्रणालीमार्फत सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण सुरु गरिएको छ।
साउन १ गतेदेखि लागू गरिएको नयाँ इडीएलभीआरएस प्रणालीमार्फत लाइसेन्स नवीकरणको काम दाङबाट सुरु भएको यातायात व्यवस्था कार्यालय कार्यालय दाङले जनाएको छ।
Advertisement

Advertisement
Advertisement
काम सुरु भएसँगै मुलुकमा पहिलो पटक चार जना सेवाग्राहीले यहाँ नयाँ प्रणालीबाट सेवा लिइसकेका छन्।
कार्यालयका कम्प्युटर अधिकृत वीरेन्द्र घर्तीका अनुसार, देशभर नयाँ प्रणालीमा जाँदा प्राविधिक कारणले सेवा अवरुद्ध भइरहेको अवस्थामा दाङ कार्यालयले सफलतापूर्वक नयाँ प्रणाली लागू गरी सेवा प्रवाह गर्न सफल भएको बताए।
नयाँ प्रविधिको प्रयोगले आगामी दिनमा सेवा प्रवाह थप चुस्त, पारदर्शी र सहज हुने विश्वास लिइएको छ।





