


काठमाडौं,१४ सउन। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसका आधारमा प्रमुख निर्वाचन आयुक्त र दुई जना निर्वाचन आयुक्त नियुक्त गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार, नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिएको हो।

यस्तै, गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्।
यसअघि बुधबार बसेको संसदीय सार्वजनिक सुनुवाइ समितिको बैठकले तीनै जनाको नाम सर्वसम्मतले अनुमोदन गरेको थियो।

