


भैरहवा,१५ साउन। रुपन्देही प्रहरीले भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको उत्तर प्रदेश सिद्धार्थनगर सोहरतगढका २१ वर्षीय अभिषेक कसौधन र भारतको महाराष्ट्रका २४ वर्षीय यश बाउसाहेब ब्राम्हण रहेका छन्।
सिद्धार्थनगर नगरपालिका–१२ स्थित भारतीय नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार, पक्राउ परेकाहरुको साथबाट पाँच सय दर १४० थान (७० हजार) भारतीय नक्कली नोट, सक्कली भारतीय मुद्रा २ हजार ७५८, नेपाली २ हजार १८० रुपैयाँ र दुई थान मोबाइल बरामद भएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


