


काठमाडौं,२० साउन। नेपालको स्थानीय बजारमा सुन-चाँदीको मूल्य बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार, बुधवार सुन प्रतितोला ४ हजार २०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ किनबेच भएको थियो ।

त्यस्तै चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३८० मा कारोबार भएकोमा आज प्रतितोला ४ हजार ४७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुस्

