


सिरहा, २० साउन । सिरहा प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीन जना युवाहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–२२ सलोखरीका १९ वर्षीय सञ्जय दास, सोही स्थानका २० वर्षीय गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका–६ का २० वर्षीय साबरजित दास रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका सबरजीत दासलाई चेकजाँच गर्दा उनको साथबाट ९ एमएमको म्याग्जिनसहितको पेस्तोल बरामद भएको र घटनामा संग्लन तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुस्

