


काठमाडौं,२१ साउन । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) औपचारिक रुपमा विभाजन भएको छ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा र पूर्वरास्वपा नेता सन्तोष परियारलगायतको सहभागितामा पार्टी गठन भएको थियो ।

अध्यक्ष परिषद्का सदस्य दुर्गा सोब र सन्तोष परियारबीच अलग–अलग पार्टी सञ्चालन गर्ने सहमति भएपछि विभाजन औपचारिक बनेको हो।
सहमति अनुसार, बाबुराम भट्टराईले प्रलोपा गठनअघि स्थापना गरेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पुनः सक्रिय हुने भएको छ। जसको नेतृत्व दुर्गा सोबले गर्नेछिन्। उक्त पार्टीले ‘आँखा’ चुनाव चिह्न कायम राख्नेछ।
यता सन्तोष परियारको नेतृत्वमा भने प्रगतिशील लोकतान्त्रिक पार्टी नै रहनेछ। नयाँ चुनाव चिह्नका रुपमा आँखाबाहेक तीन रङको चिह्न लिन आवश्यक प्रक्रिया अघि बढाइने सहमति भएको जनाइएको छ।

