


कपिलवस्तु, २४ साउन। कपिलवस्तु नगरपालिकाका पूर्वमेयर पूर्वमेयर किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।
तीन दिनदेखि सम्पर्कविहीन रहेका सिंहको शव कपिलवस्तुको गोरुसिङ्गे जंगल क्षेत्रमा आइतबार फेला परेको कपिलवस्तुका एसपी मनोहर भट्टले बताए।

शुक्रबार दिउँसो कपिलवस्तु–३ स्थित घरबाट निस्किएका ६५ वर्षीय सिंहले प्रयोग गरेको मोटरसाइकल जंगल क्षेत्रमा भेटिएको थियो।
तालिमप्राप्त कुकुर ड्रोनबाट समेत खोजी गर्ने क्रममा उनको शव सोही जंगलक्षेत्रमा फेला परेको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

