

भैरहवा,२४ साउन। सशस्त्र प्रहरीले वेवारिसे अवस्थामा चार किलो लागुऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डाको टोलीले गस्ती गर्ने क्रममा सिद्धार्थनगर नगरपालिका–१ बाइपासस्थित धानबारीमा फालिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरेको जनाएको छ।
Advertisement

Advertisement
Advertisement
बरामद गाँजा आवश्यक कानूनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्रका प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराईले जानकारी दिए।
कमेन्ट गर्नुस्





