


कपिलवस्तु,२४ साउन।कपिलवस्तु प्रहरीले विजयनगर गाउँपालिका–४ जगदिशपुरबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५, डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर नगरपालिका–८, दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेको प्रहरीले जनाएको छ।

कृष्णनगर नगरपालिका–८, बहादुरगन्जका स्थानीयलाई गाउँघरमा डर–धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूको खोजी गरेको थियो। खोजी गर्ने क्रममा जगदिशपुरबाट उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रहरीका अनुसार, उनीहरूको साथबाट एक थान पेस्तोल र लु ६१ प ७०७२ नम्बरको मोटरसाइकल बरामद गरिएको छ। घटनाका सम्बन्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

