


भक्तपुर,२४ साउन। भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटार बिरुवास्थित उत्साहित सुधार केन्द्रमा उपचाररत ४१ वर्षीय उमेश खड्गीको आइतबार बिहान मृत्यु भएको छ।
घटनापछि मृतकका आफन्तले सुधार केन्द्रमा कुटपिट भएको आशंका गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।

मृतककी श्रीमती भगवती शाहीले सुधार केन्द्रमा रहेका व्यक्तिहरुले कुटपिट गरेको देखिने सीसीटीभी फुटेज आफूहरूले प्राप्त गरेको दाबी गरेकी छन्।
उनका अनुसार, खड्गीलाई बिहीबार मात्रै सुधार केन्द्रमा भर्ना गरिएको थियो र स्वास्थ्य अवस्था सामान्य थियो।
जिल्ला प्रहरी परिसर भक्तपुरले घटनाको अनुसन्धान अघि बढाउँदै पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

