


प्युठान,२४ साउन । प्युठान प्रहरीले सामुदायिक वनबाट १३ थान भरुवा बन्दुक र दुई थान नाल बरामद गरेको छ।
प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय लुङबहाने, प्युठानबाट खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा नौबहिनी गाउँपालिका–२ डाँडाकटेरीस्थित मनकामना सामुदायिक वन र सुनसरी खोल्सामा झारपातले छोपेर राखिएको अवस्थामा उक्त हतियार बरामद भएको हो।

बन्दुक र नाल नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

