


पाल्पा,२५ साउन। पाल्पामा सवारी दुर्घटना हुँदा दश जना घाइते भएका छन् ।
सोमबार माथागढी गाउँपालिका-५ बंसिङडाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको जिप तिनाउ गाउँपालिका वडा नं ४ स्थित झुम्सा–सत्यवती सडकखण्डमा अनियन्त्रित भएर सडकबाट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा चालक देवकुमार घर्तीसहित १० जना घाइते भएका छन। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र ९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

