


भैरहवा,२५ साउन । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (युसीएमएस) सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ।
रेडियोलोजी विभागको ‘रजत जयन्ती’ का अवसरमा आयोजित कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक खुमाप्रसाद अर्यालले भैरहवा क्षेत्रका लागि भेन्टिलेटर सुविधासहितको निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरे।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस.ले खरिद गरिएको एम्बुलेन्सबाट कुनै आम्दानी गर्ने उद्देश्य नभई आपतकालिन अवस्थाका बिरामीका लागि सेवा प्रदान गर्नका निम्तीका निःशुल्क रुपमा संचालनमा ल्याइएको बताए ।
विभागको रजत जयन्तीको अवसरमा अत्याधुनिक १२८ स्लाइस सिटी स्क्यान मेसिनपनि सञ्चालनमा ल्याइएको छ।

