


भैरहवा, २५ साउन । रुपन्देही जिल्लामा एलपी ग्यासको सहजताका लागि सरोकारवालाहरुको बैठकले कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही गर्ने देखि लिएर ग्यास नपाएका उपभोक्तलाई उपलब्ध गराउनेसम्मको निर्णय गरेको छ ।
आइतबार ग्यासको सहज प्राप्तिका लागि उद्योगी, आयल निगम, वितरक लगायत सरोकारवाला सम्वद्ध पक्षको बैठक बसेको थियो।

नेपाल आयल निगमको समन्वयमा ग्यास नपाएका उपभोक्ताका लागि बुटवलको बाल मन्दिर हाटबजार लाइनमा र भैरहवाको खाद्य संस्थानको प्राङ्गणमा ग्यास वितरण गर्ने र सबै उद्योगले दुवै स्थान एक/एक सय वटा सिलिन्डर उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको बैठकको निर्णय पत्रमा उल्लेख छ।
साथै, ग्यास प्रयाप्त मात्रामा आयात भैरहेको अवस्थामा समेत वितरण प्रणाली सहज हुन नसकेकोले आयल निगम, उद्योगी, डिलर, खुद्रा विक्रेताले वितरण व्यवस्थालाई सहज बनाउन पहल गर्ने र उपभोक्ताले अनावश्यक भण्डारण नगरी जिम्मेवार नागरिकको भूमिका स्थापित गर्न अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको छ।
हेर्नुहोस् बैठकको निर्णयहरु :


