


भैरहवा, २५ साउन। लुम्बिनी प्रदेशका प्रहरी प्रमुख एवंडीआईजी भूपेन्द्रबहादुर खत्रीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अनुगमन गर्दै अपराध नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न निर्देशन दिएका छन्।
अनुगमनका क्रममा उनले ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षण, विपद् व्यवस्थापनलगायत समसामयिक विषयमा आवश्यक निर्देशन तथा सम्बोधन गरेका हुन्।

प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, नागरिकमैत्री तथा परिणाममुखी बनाउन कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिन उनले निर्देशन दिए। साथै, नागरिकसँगको समन्वयलाई थप मजबुत बनाउँदै प्रहरी कर्मचारीको व्यावसायिक अनुशासनमा विशेष ध्यान दिनसमेत उनले निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

