


काठमाडौं,२७ साउन । नेपालको स्थानीय बजारमा सुनको मूल्यमा घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको बुधवार प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ७ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम थियो।
कमेन्ट गर्नुस्

