


कपिलवस्तु,२७ साउन । कपिलवस्तु प्रहरीले ६ थान भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, जिल्लाको वाणगंगा नगरपालिका–९ जिनुवास्थित खोजिपुर सामुदायिक वनमा बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक बरामद भएको हो ।

बरामद भएका बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

