


काठमाडौं, २७ साउन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) तथा नेकपा मसालबीच लुम्बिनी प्रदेश सरकार गठनका लागि दुईबुँदे सहमति भएको छ।
मसालका महामन्त्री मोहनविक्रम सिंहसँग भएको सहमतिमा लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशका विकास निर्माणका काममा सहकार्य गर्ने उल्लेख छ।

त्यस्तै, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्ध हुने आन्दोलनमा सहकार्य गर्ने विषयमा पनि दुई पक्षबीच सहमति भएको छ। लुम्बिनी प्रदेशसभामा नेकपा मसालका एक जना सांसद छन्।

कमेन्ट गर्नुस्

